‘माया घर’लाई बराहका प्रमुख प्रशाशकीय अधिकृत गंगा कालिकोटेले दिए ५० हजार

पुस २१, सुनसरी । इटहरी स्थित ‘माया घर’लाई बराह ग्रुपका १ नं. प्रदेश सचिवालय सदस्य सचिव तथा बराहका प्रमुख प्रशाशकीय अधिकृत गंगा कालिकोटेले आर्थिक सहयोग प्रदान गरेका छन् ।   

आइतबार गंगा कालिकोटेले सडकमा अलपत्र परेका तथा विभिन्न कारण घरपरिवारबाट बाहिर रहेका असहाय बालबालिका आश्रित घरलाई आफ्नो पारिश्रमिकबाट ५० हजार नगद सहयोग गरेका छन् ।   

सामाजिक भावनाले ओतप्रोत भएका कालिकोटेको आर्थिक सहयोगले ‘माया घर’लाई ठूलो टेवा मिलेको सञ्चालकले बताएका छन् ।  

  

सहयोग प्रदान गर्ने बराहका प्रमुख प्रशाशकीय अधिकृत गंगा कालिकोटेले आफ्नै घर आँगनमा सहारा नपाएर सडकमा आएका बृद्धबृद्धा, मनोरोगीहरुको संरक्षण र उद्दारमा ‘माया घर’ले संरक्षण गरेर मानवताको उदाहरण पेश गरेको बताए । ‘‘माया घर’ले जसरी सडकमा अलपत्र परेका आमाबुबा र असहाय टुहुरा बालबालिकाको संरक्षण गरेको छ, त्यसमा आफ्नो तर्फबाट थोरै भएपनि सहयोग गरेको हुँ ।’ कालिकोटेले भने ।   

उनले समाज परिवर्तन गर्न र शिक्षित समाज निर्माण गर्न राज्यकै मुख हेरेर बस्नुभन्दा आ–आफ्नो क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने बताए । ‘हामी यो भएन, त्यो भएन भनेर सरकारको आलोचना गर्छौं तर, हामीले पनि राज्यलाई कसरी सहयोग गर्छौं भनेर सोच्दैनौं, समाजमा विद्यमान विक्रिति विसंगतिको अन्त्य गर्दै संमृद्ध समाज निर्माण गर्ने हो भने, हामी आफैं लाग्नुपर्छ ।’ उनले भने । 

इटहरी २ आयुर्वेदिक टोलमा रहेको ‘माया घर’मा अहिले करिब दुई दर्जन सडक मानवहरु आश्रित छन् । दुई वर्ष अघि स्थापना भएको ‘माया घर’ विभिन्न ब्यक्ति, समुदायको आर्थिक, भौतिक सहयोगबाट सञ्चालित रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *