भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?

माघ ३, काठमाडौं । नेपाल आयल निमगले भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएपनि नेपालले तत्काल नबढाउने जनाएको छ । निगमले  इण्डियन आयल कर्पोरेशन (आईओसी)ले बिहीबार पठाएको मूल्य सूचीमा पेट्रोलिय पदार्थको मूल्य  बढेर आएको जानकारी दिँदै सो कुरा बताएको हो ।   

आईओसीले बिहीबार पठाएको मूल्य सूचीमा पेट्रोल र डिजेको मूल्य केही बढेर आएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा समेत पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएकाले बिक्री मूल्य समायोजन गर्नु पर्ने अवस्था देखिए पनि तत्कालका लागि मूल्य भने नबढाइने निगमले जनाएको हो। 

निगमले आफ्नो ५० औं स्वर्ण जयन्तीको अवसरमा आम उपभोक्तालाई सहुलियत दिने उद्देश्यले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्यलाई हाललाई यथावत नै राख्ने निर्णय भएको निगमले जनाएको छ । 

निगमले गत पुस १६ गते मात्रै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गरेको थियो । हाल पेट्रोल प्रतिलिटर १११ र डिजेल तथा मट्टितेल प्रतिलिटर १०० रुपैयाँमा बिक्री भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *