बैंक अफ काठमाण्डूद्वारा सजंय साई विद्या मन्दिरलाई सहयोग

माघ १६, काठमाडौँ ।  बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत बालकोट, भक्तपुरको सजंय साई विद्या मन्दिरलाई आर्र्थिक सहयोग गरेको छ ।   

 यस बैंकले विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न पाँच लाख आर्थिक सहयोग गरेको हो ।  उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरेका छन् ।   

 २०६८ वैशाख १ गते देखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशल्ुक शिक्षा प्रदान गर्दै आईरहेको छ ।   

बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *