सुनको भाउ तोलामा हजार घट्यो, हेर्नुस आजको भाउ

पुस २४, काठमाडौँ । बुधबार मात्रै प्रतितोला ७६ हजार ५ सय रुपैयाँ भएर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ बिहिबार तोलामा एक हजार रुपैयाँ घटेको छ ।   

बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसै गरी हिजो प्रतितोला  ७६ हजार २ सय रुपैयाँ कायम भएको तेजावी सुन पनि आज प्रतितोला  ७५ हजार २ सयले कारोबार भईरहेको छ ।   

Image result for सुनको किन्दै

महासंघका अनुसार आज चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँ घटेर प्रतितोला  ९ सय  रुपैयाँले कारोबार भईरहेको  छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *