सटर फुटाएर चोरी गर्ने किशोर समूह पक्राउ

पुस २५, काठमाडौँ । प्रहरीले काठमाडौंको सुकेधारा क्षेत्रबाट  पसलका सटर फुटाएर चोरी गर्ने  किशोरको एक समूहलाई पक्राउ गरेको छ ।   

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालका अनुसार ती किशोरहरुले लागूपदार्थ सेवन गरी नसाको सुरमा रातको समयमा चोरी गर्ने गर्थे ।   

यस चोरीमा संलग्न रहेको आरोपमा झापा स्थायी ठेगाना भई कपन बस्ने १६ वर्षीय आशिष आचार्य, गोरखा घर भई कपन बस्ने १७ वर्षीय आयुष थापा मगर, दोलखा स्थायी ठेगाना भएका १७ वर्षीय लालक्पा छिरिङ शेर्पा, रामेछापका १८ वर्षीय अजय मगर र धनकुटाका १६ वर्षीय सन्तोष धमलालाई पक्राउ गरिएकाे उनले बताए ।    

पक्राउ परेका उनीहरुको साथबाट नगद ५ हजार रुपैयाँ, विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गर्नुका साथै  आधा किलो गाँजा र निट्राभेट ८० ट्ब्यालेटसमेत बरामद गरिएको छ ।   

हाल उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *