इक्यानको अध्यक्षमा सर्वसम्मत भएसँगै तीन उपाध्यक्ष र महासचिब पनि सर्वसम्मत

पुस २५, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षसँगै मेजर पदमा निर्विरोध निर्वाचित भएका छन् । संघको अध्यक्षमा निवर्तमान अध्यक्ष प्रकाश पाण्डे निर्विरोध हुँदा उपाध्यक्षका तीन जना र महासचिब पद सर्वसम्मत भएको छ ।   

इक्यानको प्रथम उपाध्यक्षमा राजेन्द्र रिजाल द्वितिय उपाध्यक्षमा देवीदास भट्टराई र तृतिय उपाध्यक्षमा शेषराज भट्टराई सर्वसम्मत भए । महासचिबमा दीपकराज भुषाल सर्वसम्मत भएका छन् ।   

संघको भोली हुने १४ औं साधारण सभा अघि नै मुख्य पदहरुमा इक्यानले सर्वसम्मत गरेको हो । इक्यानको सचिब, कोषाध्यक्ष र सदस्यहरुका पदमा पनि सर्वसम्मत गराउन इक्यानका बर्तमान अध्यक्ष विष्णुहरि पाण्डे, सल्लाहकारहरुले प्रयास गरिरहेका छन् ।   

सचिबमा एन्ड्रयु पौडेल र बासुदेव दाहाल मध्ये एकलाई सर्वसम्मत गराईने प्रयास भइरहेको छ । भने, कोषाध्यक्षमा भरत रेग्मी र बिके श्रेष्ठ मध्ये एकलाई सर्वसम्मत गराईने छ ।   

सदस्यहरुमा सुष्मा आचार्य, रत्न रेग्मी, पुष्पराज भट्टराई, कर्ण गुरुङ र भवनाथ हुमागाईंलाई सर्वसम्मत गरेको छ । भोली होटल एभरेष्टमा आयोजित साधारणसभाले सबै कार्यसमितिको नाम सर्वसम्मत पारित गर्ने बुझिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *