अमेरिकी सैनिक फिर्ता पठाउन चाहन्छ इराक, ट्रम्प किन चाहँदैनन् ल्याउन ?

पुस २५, काठमाडौं । इरानी जनरल कासिम सुलेमानी मारिएपछि इराकी संसदमा ५ जनवरीका दिन इराकबाट अमेरिकी सैनिक हटाउनका लागि एक प्रस्ताव पास गरिएको थियो ।   

सो प्रस्ताव त्यो सम्झौता रद्द गर्नका लागि थियो जसमार्फत् इराकमा इस्लामिक स्टेटसँग लड्नका लागि अमेरिकी सैनिकलाई त्यहाँ रहन अनुमति दिइएको थियो ।   

३ जनवरीका दिन इराकमा बगदाद इन्टरनेश्नल एयरपोर्टको बाहिर अमेरिकाले जनरल कासिम सुलेमानीको हत्या गरिदिएको थियो । यसैलाई लिएर इराकको संसदले कडा प्रतिक्रिया जाहेर गर्यो र भन्यो– ‘अमेरिकी सैनिकलाई यहाँबाट जान भनियोस् ।’ 

डोनल्ड ट्रंप

इराकमा अमेरिकी सैनिक बल र इरान समर्थित बल पपुलर मोबिलाइजेशन युनिट्स अर्थात् पीएमएफका बिच लगातार टकराव बढिरहेको छ ।   

इराकी संसदमा अमेरिकी सैनिकलाई फिर्ता पठाउने प्रस्तावमा भोटिङ हुनुभन्दा अघि नै इराकका प्रधानमन्त्री आदिल अब्दुल महदीले भने, ‘विदेशी सैनिकले अब इराक छोड्नुपर्छ ।’ 

केही सांसदहरुले प्रस्तावको बहिस्कार गरिरहेका छन् ।   

अटलान्टिक काउन्सिल संस्थाका एक उपनिर्देशक मैथ्यु क्रोइङले भन्छन्– ‘अमेरिकी सैनिक फिर्ता जान सक्छन् तर यो इराकका लागि सहज छैन । यदि अमेरिकी सेना फिर्ता गए भने इराकमाथि इरानको नियन्त्रण हुन सक्छ । यस्तो अवस्थामा इराक सरकारले यस्ता कदम चाल्नुअघि १० पटक सोच्नुपर्छ ।’ 

ट्रम्प प्रशासनले गएको मंगलबार अमेरिकी सेना इराकमा अमेरिकी सेनाको उपस्थिती रहनेमा जोड दिएको छ । ट्रम्पले भनेका छन्, ‘इराकबाट अमेरिकाको ५ हजार सैनिक फिर्ता पठाएमा यो इराकका लागि निकै नराम्रो हुनेछ । इराकबाट सैनिक फिर्ता ल्याउने यो सही समय होइन ।’ 

मंगलबार इराकका प्रधानमन्त्रीले भनेका थिए कि अमेरिकी सैनिकलाई फिर्ता पठाउनका लागि पत्र पठाइएको छ । यद्यपी अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भने उक्त पत्र ड्राफ्ट मात्रै भएको दाबी गरेका छन्, जसमा कसैको हस्ताक्षर छैन । त्यसैले उक्त पत्र इराकका लागि कुनै अर्थ राख्दैन ।   

उनले भने, ‘म प्रष्ट पार्न चाहन्छु कि अमेरिकी सेना फिर्ता पठाउन लागिएको छैन । अहिले नै सेनालाई फिर्ता पठाउने कुनै योजना छैन । हामी इस्लामिक स्टेटसँगको लडाईँ जारी राख्नेछौँ ।  पत्र ड्राफ्ट थियो । यो हाम्रो गल्ती हो । त्यसमा कुनै हस्ताक्षर थिएन र यसलाई जारी पनि गरिएको छैन ।’ 

अर्को तर्फ इरान अमेरिकी सैनिक तत्काल इराकबाट बाहिरियोस् भन्ने चाहन्छ ।   

इरानका विदेशमन्त्रीले भनेका छन्– ‘मध्य पूर्वमा जनता हाम्रो साथमा छन् । हामी यहाँका जनताको साथमा छौँ । अमेरिकी राष्ट्रपति भन्छन्  कि उनीहरुसँग कयौँ ट्रिलियन डलरको बलियो हतियार छ । उनलाई यो थाहा हुनुपर्छ कि बलिया र राम्रा हतियार हुनेहरु संसारमाथि शासन गर्न सक्दैनन् । संसारमा मानिसहरुद्वारा मानिसहरुका लागि शासन हुन्छ । मध्ये पूर्वका मानिसहरु  अमेरिकासँग आक्रोशित छन् । उनीहरु चाहन्छन् कि अमेरिकी सैनिक उक्त इलाकाबाट छिट्टै फिर्ता जाऊन् ।’ 

सुलेमानीलाई किन मार्न चाहन्थ्यो अमेरिका ?   

इरानी सैनिक कमाण्डर सुलेमानीको अमेरिकी हमलामा मृत्यु भएपछि यस विषयले अन्तर्राष्ट्रिय राजनीतिमै हलचल ल्यायो । तर अमेरिकाका लागि भने सुलेमानीलाई मार्नु यति ठुलो कुरा थियो कि अमेरिकी राष्ट्रपतिले सम्म उक्त घटनालाई राष्ट्रिय गौरवका रुपमा पेश गरिरहेका थिए ।   

विश्वभर प्रश्न उठ्यो– आखिर किन अमेरिकाले सुलेमानीको हत्या गर्यो ? अमेरिकाविरुद्ध के गरेका थिए सुलेमानीले ?   

इरानको इरानको शक्ति संरचनामा सुलेमानीको कद धेरै ठूलो थियो।   

इरानका शक्तिशाली नेता, सर्वोच्च चार्मिक नेता आयतुल्लाह अली खामेनेई पश्चात् इरानमा दोस्रो शक्तिशाली व्यक्तिमा गनिन्थे सुलेमानी ।   

सुलेमानी कुद्स फोर्स नामक एक सैनिक फौजका प्रमुख थिए । यो फौज एक तरीकाले विदेशमा रहेको इरानी सेनासँग मिल्दोजुल्दो छ, जसले विभिन्न देशहरूमा ईरानी हित अनुसार कसैको समर्थन त कसैको विरोध गर्थे ।   

यो पनि भन्न सकिन्छ कि ईरानमा भन्नका लागि एक विदेश मंत्री छन्, तर वास्तविक विदेश मन्त्रीले कुदस फोर्सको भूमिका खेल्छन्। 

यो विश्वास गरिन्छ कि जनरल सुलेमानीले सिरियाली राष्ट्रपतिलाई दमन गर्न मद्दत गरेका थिए जब सिरियामा राष्ट्रपति बशर अल–असादको बिरूद्ध विद्रोहको आवाज घन्काइएको थियो। 

यस तरिकाले, जब इस्लामिक राज्य इराक मा मजबूत हुन थाले, तब यसलाई पराजित गर्नमा महत्वपूर्ण भूमिका सुलेमानीकै रह्यो । उनले इराकमा इरान समर्थक अर्धसैनिक बलको हात बलियो बनाए। 

दोस्रोतर्फ सुलेमानीलाई अमेरिका आफ्नो सबैभन्दा ठुलो दुश्मन मान्थ्यो । अमेरिकाले कुद्स फोर्सलाई २५ अक्टोबर २००७ मा नै आतंकवादी संगठन घोषित गरिसकेको थियो । साथै उक्त संगठनसँग कुनै पनि अमेरिकी लेनदेन गर्न पुरै प्रतिबन्ध लगाएको थियो ।   

सद्दाम हुसैनको सम्राज्य पतन पश्चात् २००५ मा इराकको नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री इब्राहिम अल जाफरी र नुरी अल मलिकीको कार्यदलको समय त्यहाँको राजनीतिमा सुलेमानीको प्रभाव बढ्दै गएको थियो ।   

२०११ मा जब सिरियामा गृहयुद्ध भयो तब सुलेमानीले आफ्नो इराकी प्रोक्सी फोर्सलाई असद सरकारलाई सहयोग पुर्‍याउन भने, जबकि अमेरिकाले बशर अल असदको सरकारलाई उखेल्न चाहेको थियो। 

इरानमा अमेरिकी प्रतिबन्ध र साउदी अरेबिया, युएई र इजरायलको दबाब कसैबाट लुकेको छैन। र यति धेरै अन्तर्राष्ट्रिय दवावहरूक बिच सुलेमानीको भूमिका उनको देशको प्रभाव बढाउनको लागि महत्वपूर्ण थियो वा यसको सट्टामा उनी अमेरिका, साउदी अरेबिया र इजरायलको त्रीव आँखामा पसे। अमेरिकाले त उनलाई आतंकवादी घोषणा समेत गरको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *