झापामा नक्कली नोट सहित दुई पक्राउ

  

पुस २२, झापा ।  प्रहरीले झापामा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।   

प्रहरीले झापाको बिर्तामोड नगरपालिका ५ मित्रनगरबाट नक्कली नोट सहित बिर्तामोड नगरपालिका ५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका ४ बस्ने २५ वर्षीय किरण खवासलाई पक्राउ गरेको हो । 

Image result for नक्कली नोट

उनीहरुको साथबाट  नेपाली १ हजार दरको २ थान नक्कली नोट बरामद ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।   

पक्राउ परेका योङहाङ र खवासमाथी यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *