टैंकर चालकका न्यायोचित मागहरूमा निगम गम्भीर, हवाई इन्धन आपूर्ति तथा ढुवानी अवरुद्ध नगर्न अपिल

काठमाडौँ । नेपाल आयल निगम टैंकर चालककहरुका न्यायोचित मागप्रति गम्भीर बनेको छ । हवाई इन्धन ढुवानीका क्रममा चालकहरूले राखेको माग निगमले पूरा गर्न नसक्ने भनेपछि वार्ता छोडेर हिँडेका चालकप्रति निगम गम्भीर बनेको हो ।   

नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘नेपाल आयल निगमको हवाई इन्धन ढुवानी तथा आपूर्ति गर्ने कार्यमा गर्ने पेट्रोलियम ढुवानी व्यवसायीहरूले निगमसँग ढुवानी करारनामा गरी स१चालनमा रहेका टैंकर चालकहरूको सङ्गठनले निगम तथा ढुवानी कर्ता समक्ष हवाई इन्धनको आपूर्ति अवरुद्ध पार्ने सम्मका दावामूलक कार्यक्रम राखी बुझाएको ज्ञापनपत्र तथा माग हरुका सम्बन्धमा निगम र सम्बन्धित पक्षबिच वार्ता हुँदा निश्चित मापदण्ड भित्रको प्राविधिक नोक्सानी निगले व्यहोदै आएको तर निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ (तेस्रो संसोधनसहित)को विनियम (ज)मा भएको व्यवीथालाई चालकहरूले मूल मुद्दा बनाइ सो प्रावधान खारेज गर्नुपर्ने भनी राखिएको माग निगमले पूरा गर्न नसक्ने भएको व्यहोरा निगमले राख्दा सो विषयको असन्तुष्टि जनाई चालक सङ्गठनका प्रतिनिधिहरू वार्ता छाडी हिँडेको विषयलाई  निगमले गम्भीर रूपमा लिएको छ ।’ 

टैंकर चालकहरूका न्यायोचित मागहरूलाई निगमले सकारात्मक रूपमा लिएको पनि निगमले जनाएको छ । चालकहरूका मागहरूलाई विगत देखिनै  सकारात्मकरुपमा लिई सोहीबमोजिम पूरा गर्दै आइरहेको समेत निगमले विज्ञप्तीमार्फत स्पष्ट पारेको छ ।   

‘मागहरू पूरा गर्दै गइरहेको अवस्थामा हवाई इन्धन ढुवानी व्यवसायी एवम् टैंकर चालकहरूको कुनै असहयोगको कारणले  अत्यावश्यक इन्धन आपूर्ति तथा ढुवानीमा असहज अवस्था पैदा भएमा निगमले आफ्नो विनियमावलीको प्रावधान बमोजिम तथा सरकारले आफ्नो ऐन कानुन अनुसार कारबाही गर्न सक्ने भएकाले आपूर्ति तथा ढुवानी अवरुद्ध हुने किसिमका कुनै पनि कार्य नगर्न र हवाई इन्धनको दैनिक आपूर्ति एवम् ढुवानी कार्य सदाझैँ सरल एवम् सहज बनाइराख्न सम्बन्धित सबैमा निम अपिल गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।  

विज्ञप्ती : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *