तेल बोक्ने ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

माघ २, चितवन । चितवनमा गएराति ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । 

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।   

मृत्यकको पहिचान खुल्न नसकेको र  शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *