दामन होटल घटना अपडेट : बेहोस आठै जना भारतीय पर्यटकको मृत्यु (नामावलीसहित)
माघ ७, मकवानपुर । मकवानपुरको दमन स्थित एक होटलमा बेहोस भएका ८ जनै भारतीय पर्यटकको मृत्यु भएको छ ।
मंगलबार बिहान होटलमा उनीहरू बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । लगत्तै ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं पठाइएको पालुङका प्रहरी जनामएको छ ।
प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ ।
नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर ललन कुर्मीका अनुसार मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् । मृत्यु हुनेको नामावलीः
वर्ष ३८ रञ्जित कप
वर्ष ३४ इन्द्र
वर्ष ३७ प्रविन
वर्ष ३२ सरिया
वर्ष ५ अभी
वर्ष ७ अर्चना
वर्ष ५ वैष्णव
वर्ष ९ बन्द्रा