कामना सेवा विकास बैंकको ५७.४१ करोड खुद ब्याज आम्दानी

माघ १३, काठमाडौँ ।  कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा बैंकले अधिकांश वित्तीय सूचकहरुमा उल्लेखनिय प्रगति गरेको छ । 

राष्ट्रिय स्तरको अब्बल विकास बैंक बनाउने उद्देश्य र रणनीतिका साथ अगाडि बढेको बैंकले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा यस आर्थिक वर्षमा कर्जा तथा सापटीमा ४.२० अर्ब वृद्धि गरी २४.४४ अर्ब पुर्याउन सफल भएको छ । त्यसैगरी निक्षेप संकलनतर्फ ५ अर्ब थप गरी कुल निक्षेप २७.९७ अर्ब पु¥याएको छ । समिक्षा अवधिमा कर्जा तथा सापटीतर्फ २०.८० प्रतिशत तथा निक्षेप संकलनतर्फ २१.७७ प्रतिशतको वृद्धि गरेको हो । बैंकले ५७.४१ करोड खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्ष ३७.९८ करोड रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा १४.८५ करोड पुगेको छ ।   

२०७६ असार मसान्त सम्ममा ९४ शाखा तथा ४३ वटा एटिएम रहेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० शाखा तथा १५ वटा एटिएम थप गरी ११४ शाखा र ५८ एटिएम पुर्याउन सफल भएको छ । शाखा सञ्जाल विस्तारसंगै प्रविधिको स्तरोन्नती, डिजिटाईजेसन, अटोमेशन जस्ता रणनीतिक क्षेत्रमा पर्याप्त लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ११.६९ रहेकोमा मूल्य आम्दानी अनुपात १२.३१ रहेको छ । 

Image result for कामना सेवा विकास बैंक

 बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *