सुनको मूल्य घट्यो किन्ने होईन ?

माघ १५, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा तोलामा ४ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।   

मंगलबार प्रतितोला ७६ हजार रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७५ हजार ६ सय रुपैयाँले कारोबार भईरहेको  महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार मंगलबार प्रतितोला ७५ हजार ७ सयले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७५ हजार ३ सय रुपैयाँले   कारोबार भईरहेको छ ।   

Image result for सुनको मूल्य घट्यो

बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको महासंघले जनाएको छ ।  मंगलबार प्रतितोला ८ सय ९५ मा कारोबार  भएको चाँदी आज प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *