स्रोत नखुलेको ३ लाख रुपैयाँ सहित भारतिय नागरिक पक्राउ

पुस २९, बीरगञ्ज । सोमबार प्रहरीले पर्सामा स्रोत खुल्न नसकिएको  ३ लाख रुपैयाँ सहित एक भारतिय नागरिकलाई पक्राउ गरिएको छ ।   

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत खुलाउन नसकिएको उक्त रकमसहित ती भारतीय नागरिकलाई पक्राउ गरेको हो ।   

भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको  बीआर ०५ भी ३४४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा  भारत बिहार मोतिहारी बस्ने २१ वर्षीय जबिउल्लाह आलमलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।   

Image result for पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका आलममाथी अनुसन्धान भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *