चितवनमा खुल्यो केटीएम र अन्टाको शोरुम, नायिका पूजाले गरिन उद्घाटन

माघ ८, चितवन । स्क्वाड नेपाल प्रा. लि. ले चितवनको भरतपुर स्थित सिजि लेण्डमार्कमा स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बिदेशी ब्राण्ड अन्टाको शोरुमको शुरु गरेको छ । उक्त शोरुमको चर्चित नायिका पुजा शर्माले उद्घाटन गरेकी हुन ।   

बिदेशी ब्राण्डको कपडाका लागि गरिने खर्च भन्दा निकै कम खर्चमा आफ्नो देशमै उत्पादित स्वदेशी ब्राण्ड रोज्न पाउनु गौरवको कुरा भएको कार्यक्रममा नायिका पुजा शर्माले बताइन् । चितवन आउन जुर्ने हरेक अबसरले आफुलाई आनन्दित तुल्याउने गरेको तथा आफुलाई जस्तै स्वदेशमै उत्पादित यो ब्राण्डलाई पनि माया गरिदिन नायिका शर्माले आग्रह गरिन । 

कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले आफ्ना केही सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । काफ्लेकी श्रीमती, गायिका तथा कार्यक्रमकी प्रस्तोता जुनु रिजालेले पनि सांगीतिक माहौल जमाउन भरपुर साथ दिएकी थिईन । हास्य कलाकार पल्पसा डंगोल ’चम्सुरी’ ले आफ्नो हास्य प्रहसनले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन । 

कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसिले मध्यम वर्ग देखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि शोरुमबाट सबै वर्ग उमेर समुहका उपभोक्ताले लाभ लिन सक्ने बताए । अर्का संचालक सुरज गिरीले धेरै अथक प्रयास पछि राजधानीमा अतिनै लोकप्रिय केटिएम सिटि चितवनका उपभोक्ता माझ ल्याएको जानकारी दिए । 

कार्यक्रमका बिशिष्ट अतिथि ईक्यान नेपालका निवर्तमान अध्यक्ष बिष्णुहरी पाण्डे थिए । अतिथि युवा उद्यमि राम कार्की, अतिथि संगितज्ञ श्याम नेपाली लगायतले व्यावसायिक सफलताको शुभकामना दिएका थिए । 

उद्घाटनका दिन दिनभर आमन्त्रितहरुको घुईचो लागेको थियो । ग्राहकले केटिएमसिटी र एन्टाका कपडाहरु गुण्णस्तरीय र स्टायलिस्ट रहेको बताएका छन् । स्क्वाड नेपाल प्रा. लि. चितवनको केटिएम र अन्टा ब्राण्डको एक मात्र बितरक रहेको र छिट्टै नै चनौली, टाँडी, पर्सा लगायतका ठाँउमा सेवा बिस्तार गर्ने सञ्चालक मध्येका एक उत्तम गुरुङले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *