अवैध यौन गतिविधिमा संलग्न ७३ जना पक्राउ

फाइल तस्विर 

माघ १, काठमाडौं । नयाँ बसपार्क क्षेत्र गोंगबुबाट अनैतिक यौन क्रियाकलापमा संलग्न ७३ जना पक्राउ परेका छन् ।   

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले मंगलबार दिउँसो नयाँ बसपार्क क्षेत्रका होटलहरुमा छापा मार्ने क्रममा ४३ पुरुष, २५ युवती र ५ जना तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएको हो ।   

Image result for अवैध यौन गतिविधिमा संलग्न

नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाइएको ‘स्विप अप्रेशन’ का क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए।   

बसपार्क क्षेत्रका होटलमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको लम्सालले बताए । 

पक्राउ परेकाहरु लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न भएका प्रहरीले जनाएको छ।   

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *