मेलम्ची तालामाराङ बजारमा आगलागी हुँदा २० लाखको क्षति

माघ ६, सिन्धुपालचोक । सोमबार बिहान सिन्धुपालचोकको मेलम्चीमा आगलागीमा हुँदा करिब २० लाखको क्षति भएको छ ।   

प्रहरीका अनुसार मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको एक  घरमा अगलागी हुँदा करिब रु २० लाख बराबारको क्षति भएको हो । 

पीडित दीपेन्द्र तामाङका अनुसार ग्यास चुहिएर शुरु भएको आगलागीबाट घर र पसलको भौतिक सामान जलेर उक्त रकम बराबरको क्षति हुन पुपुगेको हो ।   

Image result for आगलागी

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *