शेयर निष्कासन तथा प्रत्याभूति सम्बन्धी सम्झौता
माघ १२, काठमाडौँ । शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेड बिच शेयर निष्कासन तथा प्रत्याभूति सम्बन्धी सम्झौता भएको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कम्पनीको प्रधान कार्यालय अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री पारसमणि ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री राजेश श्रेष्ठले प्रत्याभूति कर्ता नियुक्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।