पोखरामा चम्ल्याहा शिशुको जन्म

माघ २, कास्की । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छिन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् ।   

हस्पिटलका डा।महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए । 

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १।६ किलो तौल, दोस्रो छोरा १।३ किलो तौल, तेस्रो छोरी १।३ किलो तौल र चौथो छोरी १।४ किलो तौलका रहेका छन् ।   

डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *