आज सुनसँगै चाँदीको भाउ पनि बढ्यो

माघ १३, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा तोलामा ५ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।   

आईतबार प्रतितोला  ७५ हजार ५ सयले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार आईतबार प्रतितोला ७५ हजार २ सयले बिक्री बितरण भएको तेजाबी सुन आज प्रतितोला ७५ हजार ७ सयले कारोबार भईरहेको छ ।   

Image result for आज सुनसँगै चाँदीको भाउ पनि बढ्यो

यस्तै चाँदीको भाउँ पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ९ सय पुगेको महासंघले जनाएको छ । आइतबार तोलाको ८ सय ९५ मा कारोबार भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *