जनउत्तरदायी भएर किसान र श्रमिकका पक्षमा सेवा दिन नविल बैंकलाई भगवती चौधरीको आग्रह

पुस २४, काठमाडौं । पूर्वराज्यमन्त्री तथा माइक्रोफाइनान्स अभियान्ता भगवती चौधरीले ग्रामिण क्षेत्रमा बैंकहरुले आफ्नो उपस्थिति जनाएर दुरदराजमा रहेका जनतालाई बैकिङ सुविधा दिनुपर्ने बताएकी छिन् ।   

बैंक तथा वित्तिय संस्थाहरु शहरमुखी र ब्यापारमुखी भइरहेको सन्दर्भमा बोल्दै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था कि अध्यक्ष समेत रहेकी चौधरीले सुनसरीको दुहवी नगरपालिका, गढी, बर्जु गाउँपालिका जस्ता क्षेत्रमा रहेका जनताहरुलाई वित्तीय क्षेत्रमा पहुँच पुर्याउन र उनीहरुसँग छरिएर रहेको पुँजीलाई एकत्रित गरी लगानी गर्न बैंकहरुले काम गर्नुपर्ने औंल्याइन् ।   

देशकै अग्रणी बैंक नविल बैंकको ९९ औं शाखा दुहवीमा उद्घाटन गर्दै नेतृ चौधरीले किसानहरुलाई ब्यवसायीक कृषि खेती गर्न, उनीहरुमा उद्यमशिलताको विकास गर्न, ब्यवस्थित रुपमा ब्यवसायीकरण गर्न बैंकहरुले गाउँघरमै पुँजीको पहुँच विस्तार गर्नुपर्ने समेत बताइन् ।   

Image may contain: 7 people, people standing and indoor

‘गाउँ केन्द्रीत कार्यक्रम ल्याएर यस बैंकको यो शाखाले यहाँको जिवनस्तर उकास्न ठूलो भूमिका खेल्ने विस्वास छ । बैंकले जनउत्तरदायी तवरले गरिब किसान र श्रमिकको पक्षमा सेवा दिएर उदाहरणीय बैंक बनोस ।’ चौधरीले भनिन् ।   

बैंकको शाखा कार्यालय उद्घाटनमा दुहवीका लब्ध प्रतिष्ठित ब्यक्ति, उद्योगी, ब्यापारी तथा शुभचिन्तकहरुको उल्लेख्य सहभागिता समेत रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *