फिटनेश क्लबको बाथरुमा निसास्सिएर श्रीमान श्रीमतीकै मृत्यु

माघ १६, ललितपुर । ललितपुरस्थित एक फिटनेश सेन्टरको बाथरुममा नुहाउने क्रममा निसास्सिएर श्रीमान श्रीमतीको मृत्यु भएको छ। 

ललितपुर महानगरीय प्रहरी पसिरकाअनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक  क्लबको ‘साउना बाथ’ नुहाउने क्रममा गए राति एक दम्पतीको मृत्यु भएको हो । मृत्यु हुनेमा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारी गर्बुजामगर रहेको प्रहरीले जनाएको छ ।   

हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव भएको बताइएको छ। 

नुहाउन गएका दम्पती धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए। उनीहरुलाई तत्काल उद्धार गरि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।   

साउना नुहाउन गएका गर्बुजामगर दम्पति निश्चित समयमा ननिस्किएका कारण अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जानकारी दिएको छ ।   

घटनाबारे थप अनुशन्धान भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *