फरवार्डको महोत्तरी शाखाका कर्मचारी दिउसै लुटिए
पुस २६, महोत्तरी । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लि.को महोत्तरी, भंगहाका एक कर्मचारी लुटिएका छन् ।
शुक्रबार दिउसो महोत्तरीको भंगहाबाट बचतकर्ताहरुबाट संकलन गरेर वर्दिबास कार्यालयमा फर्कदै गरेको अवस्थामा माइक्रोफाइनान्सकी कनिष्ठ सहायक पदमा कार्यरत कर्मचारी सविता चौधरी लुटिएकी हुन् ।
उनको साथबाट मोटरसाइकलमा आएका दुई युवकले नगद पाँच लाख र स्कुटी समेत लुटेका थिए । घटना लगत्तै वर्दिवास प्रहरीका जानकारी गराइएको थियो ।
कर्मचारी चौधरीले ७० जना बचत तथा ऋणीबाट रकम संलकन गरी को २८ प ६९ नम्बरको स्कुटिमा वर्दिवासतर्फ जादै गरेको अवस्थामा भंगहा नगरपालिका ६ मनपटी बाट रकम लुटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । लुटिएको स्कुटी भने प्रहरीले फेला पार्न सफल भएको छ । लुटेराहरुको खोजी भइरहेको जनाएको छ ।