शिक्षा सेवालाई प्रशासन सेवाभित्रै गाभ्न राज्य व्यवस्था समितिलाई मन्त्रालयको पत्र

काठमाडौँ । शिक्षा विज्ञान तथा  प्रविधि मन्त्रालयले नेपाल शिक्षा सेवा खारेज गरी नेपाल प्रशासन सेवा भित्र कायम गराउन सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई पत्राचार गरेको छ ।  मन्त्रालयले नेपाल शिक्षा सेवालाई खारेज गरी नेपाल प्रशासन सेवा भित्रै शिक्षा प्रशासन समूहरउपसमूह रहने गरी सञ्चालन गर्नुपर्ने देखिएको भन्दै मन्त्रिस्तरीय निर्णयसहित समितिलाई पत्राचार गरेको हो । 

देश सङ्घीय संरचनामा गईसकेपछि प्रदेश र स्थानीय स्तरमा अधिकांश कर्मचारी पदमिलान र समायोजन भई सकेकोले नेपाल शिक्षा सेवा राखिरहनु पर्ने औचित्य नदेखिएको भन्दै मन्त्रालयले मंगलबार मत्राचार गरेको छ । ‘नेपाल शिक्षा सेवालाई खारेज गरी नेपाल प्रशासन सेवा भित्रै शिक्षा प्रशासन समूहरउपसमूह रहने गरी सञ्चालन गर्नुपर्ने देखिएको छ ।’ , पत्रमा भनिएको छ ।   

यस्तै, मन्त्रालयले मन्त्रिस्तरको २०७६ माघ १४ को निर्णयअनुसार  नेपाल शिक्षा सेवा भन्दा ठुला आकारका लेखा समूह र राजश्व समूह विगतदेखि नै नेपाल प्रशासन सेवाभित्रै सञ्चालित रहेको भन्दै सोही नीति अन्तर्गत रही नेपाल शिक्षा सेवालाई प्रशासन सेवाभित्रै समूहरउपसमूह कायम गरी सञ्चालन गर्न गराउन आवश्यक व्यवस्थाका लागि समितिलाई अनुरोध पत्र पठाएको हो ।   

Image result for ministry of education nepal

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *