सह-वित्तीयकरण कर्जा प्रवाहका लागि बैङ्क अफ काठमाण्डू र अरुण भ्यालीबीच सम्झौता

१५ माघ, काठमाडौँ । बैङ्क अफ काठमाण्डू र अरुणभ्याली जलविद्युत विकास कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।  

काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सह-वित्तीयकरण कर्जा प्रवाह गर्ने सम्बन्धी बैङ्क अफ काठमाण्डू र अरुणभ्याली जलविद्युत विकास कम्पनीबीच सम्झौता  भएको हो ।   

९.९४ मेगावाट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो ।   

null

पाँचथर र ताप्लेजुङको सिमानामा निर्माणभइरहेको उक्त आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९७ करोड रहेको छ । आयोजनको निर्माण अरुण भ्याली जलविद्युत विकास कम्पनी लिमिटेडले गरिरहेको छ ।   

उक्त आयोजनको अगुवाइ बैङ्क अफ काठमाण्डू लिमिटेडले गरेको छ । कुमारी बैङ्क लिमिटेड सह-वित्तीयकरण कर्जाको सदस्य रहेको छ ।   

बैङ्क अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *