अन्तराष्ट्रिय बजारमा बढ्यो तेलको मूल्य
मकालु खबर
२०७६ पुस २३ गते
पुष २३, काठमाडौं । इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानले गरेको मिसाइल आक्रमणपछि कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ ।
एशियन बाज़ारका कच्चा तेलको मूल्यमा २.५ प्रतिशतले बृद्धि भएको छ । अब तेलको मूल्य प्रति व्यालर ६९.९४ डलर भएको छ ।
तेलको मूल्य बृद्धिसँगै मध्यपूर्वले तेल वितरण बन्द गर्न सक्छ ! योसंगै सुनको मूल्य पनि बढेको छ । ईरानले गरेको हमलाबाट अन्तराष्ट्रि शेयरबजारमा पनि नकारात्मक असर परेको छ ।
ईरानको सरकारी टेलिभिजनका अनुसार यो हमला ईरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदाल हो । ईरानले यो हमला सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो ।
मकालु खबर
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित