बर्दियामा ट्याक्टर दुर्घटना : एकको मृत्यु १५ घाइते

माघ १, बर्दिया । बर्दियामा बुधबार बिहान भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने, १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा गेरुवा गाउँपलिका ५ पहाडीपुरका १३ वर्षीय बालक रुबले चौधरी रहेको प्रहरीले बताएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।   

बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै पल्टिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।   

अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । 

Image result for accident

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *