महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग

पुस २४, काठमाडौँ ।   महालक्ष्मी विकास बैंक लि. ले  श्री वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई आर्थिक सहयोग गरेको छ ।   

यस बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले यस  विद्याश्रमलाई .१,५०,००० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।   

बिहिबार यस  बैैंकले  केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न एक कार्यक्रमका बीच बंैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरा लाई उल्लेखित रकमको चेक हस्तान्तरण गरको हुन्  ।   

बैकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको हो । 

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *