सानिमा बैंकद्वारा हिमालय आँखा अस्पताललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान
मकालु खबर
२०७६ पुस २० गते
पुष २०, पोखरा । सानिमा बैंक लिमिटेड पोखरा, न्युरोड शाखाले हिमालय आँखा अस्पताललाई वाटर प्यूरीफिकेशन मेशिन प्रदान गरेको छ ।
बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार पोखरा महानगरपालिका वडा नं. १७, घारीपाटन स्थित उक्त आँखा अस्पतालाई मेशिन प्रदान गरेको बैंकले जनाएको छ ।
मेशिन सानिमा बैंकका प्रमुखकार्यकारी अधिकृत भुवनकुमार दाहालज्यूले हिमालयआँखा अस्पतालका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरेका थिए ।
साथै, बैंकका प्रमुखकार्यकारी अधिकृतले आगामीदिनमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए ।
मकालु खबर
२०७६ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित