विप्लव समूहले बालुवाटारमा राखेको बम नेपाली सेनाद्वारा निष्कृय

माघ २, काठमाडौं । गएराति बालुवाटारमा नेत्रविक्रम चन्द (विप्लव) समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सो बम सेनाको टोलीले गएराति ११ बजे बम निष्कृय पारेको हो । 

विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो । विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो । 

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो । बम विष्फोटबाट नागार्जुन १ नर्सरीचोकस्थित ढकालको घरको गेट, झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *