खैरहनीमा खिचरा महोत्सव हुँदै

पुष २३, चितवन ।  थारु समुदायको नयाँ वर्षको अवसरमा चितवनको खैरहनीमा खिचरा महोत्सव हुँदैछ । माघ १ गतेलाई थारु समुदायले नयाँ वर्षको रुपमा लिन्छन् । नयाँ वर्षको अवसरमा थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ ले वि.सं. २०७० सालदेखी खिचरा महोत्सव आयोजना गर्दै आएको छ ।  

थारु समुदायको परम्परासंग जोडिएको चिचरलाई खिचरा समेत भन्ने गरिन्छ । थारु समुदाय चितवनमा आदिमकालदेखी बसोवास रहेको पाईन्छ । यही पुष २७ गतेदेखी सुरु हुने थारु कल्याणकारीणी सभाले बुधवार पत्रकार सम्मेलन गरि महोत्सव र यसको तयारीबाट जानकारी गराएको छ । थारु समुदायको साँस्कृतिक वर्ष, भेषभुषा, भाषाको संरक्षण गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ का सभापति एवंम् महोत्सवका संयोजक चुडामणी चौधरीले बताए ।  

खैरहनी नगरपालिका ५ जबकौली गौचरणमा माघ ८ गते सम्म चल्नेछ । संयोजक चौधरीका अनुसार महोत्सवमा उद्योग, व्यापार, कृषि,पर्यटन, स्थानीय कला संस्कृतिको प्रर्वधन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रर्वद्धन गराउन करिव १ सय ५० वटा स्टल रहने छन् । साथै थारु जातिका साथै बिभिन्न जातिका खानाका परिकारको स्टल समेत रहने छ । 

 महोत्सव परिसरमै थारु मिनि गाउँ परिसर, घोङी र पोकाको मूर्ती प्रर्दशनीका लागि राखिने तयारी छ । कृषि उपज प्रर्दशनी, अन्तर विद्यालय स्तरिय चित्रकला र हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको दौड, स्लो साईकल रेस, खिचरा फोटो सेल्फी कन्टेस्ट, फेस पेन्ट जस्ता गतिविधी समेत समावेश गरिएको संयोजक चौधरीले बताए ।  

महोत्सव प्रवेशका लागि ५० रुपैयाँ  टिकट मूल्य ताेकिएकाे छ ।  विद्यार्थीलाई भने परिचय पत्रको आधारमा ३० रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा थारु कल्याणकारीणी सभा चितवनका सभापति ललितकुमार चौधरी, थारु अगुवाहरु राजेन्द्र चौधरी, वासु चौधरी, चन्द्रकुमारी चौधरीले खिचराकाबारे चर्चा गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *