उद्योग बाणिज्य संघको अध्यक्षमा राजु श्रेष्ठ निर्बाचित

पुस २९,चितवन ।   उद्योग बाणिज्य संघ चितवनको निर्बाचनमा राजु श्रेष्ठ निर्बाचित भएका छ्न् ।उनले १९८० मत प्रप्त गरे । उनका प्रतिस्पर्धी ज्ञानेन्द्रमान शाक्यले ११९३ मत प्राप्त गरे । श्रेष्ठलाई नेकपाको समर्थन थियो भने शाक्य लाई नेपाली काङ्ग्रेस ले समर्थन गरेको थियो । 

 संघको सदस्यमा पनि अधिकांश श्रेस्ठ प्यानकै सदस्य बिजयी भएका छन् । निर्बाचित हुनेहरुमा उद्योग तर्फ अशोक अधिकारी , कृष्ण रिजाल , बिनोद पौडेल,योगिता पिया , लिलबहादुर क्षेत्री, भानुभक्त न्यौपाने बिजयी भएका छन्।  

बाणिज्य तर्फ थिर प्रसाद शिताल , ज्ञानु न्यौपाने , बद्री पौडेल , लक्ष्मी रिमाल, बिकास थापा, चेतनारायण सापाकोटा बिजयी भएका छन् । बस्तुगत तर्फ दुर्गादत्त कण्डेल , बिनोद तिमिल्सिना , धनप्रसाद पोखरेल , शर्मिला न्यौपाने बिजयी भएका छ्न् महिला उद्धमी तर्फ बिजयी रजनी मास्के बिजयी भएका छ्न् । जम्मा ३७८२ मतदाता रहेकोमा कुल ३१७३ मत खसेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *