हिमालयको उडान अब चीनको चोङकिङमा पनि

माघ ९, काठमाडौं । हिमालय एयरलाइन्सले चीनको मुख्य सहर चोङकिङमा बिहीबारदेखि उडान सुरु गरेको छ ।  नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हवाइ सेवा कम्पनी हिमालय एयरलाइन्सले योसँगै चीनका प्रमुख पाँच ठाउँमा उडान गरेको सुरु गरेको हो। 

कम्पनीले बेइजिङ र चोङकिङ बाहेक गोयाङ, चाङ्सा, सेन्जेनमा उडान गर्दै आएको छ। हिमालयले आगामी जुलाइदेखि चीनको ल्हासा उडान गर्ने योजनासमेत सार्वजनिक गरेको छ। 

काडमाडौ– चोङकिङ सिधा उडानले नेपालमा धेरैभन्दा धेरै चिनियाँ पर्यटक ल्याउन सहयोग पुग्ने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताइन्। 

संस्कृति पर्यटन तथा नगरिक उड्डयान मन्त्री योगेशकुमार भट्टराईले हिमालयको नयाँ गन्तव्यले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने विश्वास लिएका छन् । 

त्यस्तै चिनियाँ यात्रुहरुलाई सहयोग हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि चिनियाँ भाषाको डिजिटल विज्ञापन समेत सुरु गरिएको छ। उक्त उडान र डिजिटल विज्ञापन सेवाको सुरुवात संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टर्राले उद्घाटन गरेका हुन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *