मोरङमा बालिका बलात्कारको घटनामा २ पक्राउ
मकालु खबर
२०७६ माघ ८ गते
माघ ८,मोरङ । प्रहरीले मोरङमा बालिका बलात्कारको घटनामा दुई जनालाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा लेटाङ नगरपालिका–९, जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिएको हो ।
त्यसैगरी १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले लेटाङ–४ का २५ वर्षीय राजु दमाइँलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुबैमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित