विश्वकै नं. १ टायर ब्रिजस्टोनको बिक्रि तथा सेवा केन्द्र सुरु

माघ १५, काठमाडौं । जापानी रबर कम्पनीद्वारा उत्पादित ब्रिजस्टोन टायरको बिक्रि तथा सेवा केन्द्र आजबाट सञ्चालनमा आएको छ । राजधानीको ज्ञानेश्वरमा अधिकृत विक्रेता एटिसी प्रा।लि।ले विश्वकै नं. १ टायर ब्रिजस्टोनको विक्रि तथा सेवा केन्द्र सुरु गरेको हो ।   

कम्पनीले एकै छानामुनी टायरका विस्वस्तरीय सेवाहरु सुरु गरेको छ । जहाँ डिजिटल टायर हेल्थ परिक्षण, दुई चरणमा व्हील अलाइनमेन्ट, अन्तराष्ट्रिय स्तरको सिजर लिफ्ट, व्हील सन्तुलन, नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन, फिटिङ तथा रोटेशन जस्ता सेवा सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।   

एटिसी प्रा.लि. २०१६ साल देखि नै ब्रिजस्टोन टायरको नेपालको लागि आधिकारीक वितरक हो । जसले नेपालभर रहेका आफ्ना विक्रि केन्द्र मार्फत अर्थमुभर्स, ट्रक तथा बस, एसयुभी र अन्य कारहरुको टायर विक्रि गर्दै आइरहेको छ ।   

ब्रिजस्टोन सन् १९३१ मा जापानको टोकियोमा स्थापित ब्राण्ड हो । जसको विश्वका १५० भन्दा बढि देशहरुमा ५७ टायर निर्माण संयन्त्रहरु द्वारा आफ्ना उत्पादन र सेवाहरु प्रदान गर्दै आइरहेको छ ।   

आज आयोजिक विक्रि केन्द्र उद्घाटनमा कम्पनीका अध्यक्ष विनोद सेठियाले नेपालको सडकहरुको अवस्थालाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको टायर विक्रि तथा सेवा केन्द्रको सुरुवात गरिएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *