दुहवीले गुमायो दुई पुराना राजनीतिज्ञ

माघ १४, सुनसरी । दुहवीका दुई पुराना राजनीतिज्ञको निधन भएको छ ।  नेपाल कम्युनिस्ट पार्टी नं. १ प्रदेश कमिटि सल्लाहकार पूर्वप्रधानपञ्च समेत रहेका चन्द्रलाल चौधरी निधन तथा नेपाली कांग्रेसका अगुवा राजनीतिज्ञ पूर्वप्रधानपञ्च रामनाथ रौनियारको निधन भएको हो ।   

६८ वर्षिय चौधरी बर्जु गाउँपालिकाका राप्रपाका कार्यकता थिए । पछिल्लाे समय उनी नेकपामा प्रवेश गर्दै राजनीतिक कृयाकलापमा सक्रिय थिए । उनको गएराती निधन भएको हो । ‘खासै कुनै रोग थिएन, तन्दुरुस्त हुनुहुन्थ्यो, विहानै एक्सरसाइज समेत गर्नुहुन्थ्यो । उहाँको असमायिक निधनले हामी पनि स्तब्ध भएका छौं ।’ बर्जुका कुमार थापाले भने । उनी २ पटक प्रधानपञ्च भएका थिए । 

दुहवी बर्जुको ग्रामिण इलाकामा कम्युनिस्ट राजनीतिलाई स्थापित गर्न चौधरीले ठूलो भूमिका निर्वाह गरेको पूर्वराज्यमन्त्री तथा नेकपाकी केन्द्रीय सदस्य भगवती चौधरीले बताइन् । ‘इमान्दार, स्वच्छ छवी, कर्तब्यनिष्ट हुनहुुन्थ्यो । म जिल्ला आउँदा उहाँको घर गइरहन्थे, छोरी जस्तै माया गर्नुहुन्थ्यो । कार्यकर्ता सहित जाँदा केहि नखाई फर्कन दिनुहुन्नथ्यो ।’ नेतृ चौधरीले स्मरण गरिन् ।   

सुनसरी क्षेत्र नं. ३ मा नेतृ चौधरीलाई राजनीतिमा स्थापित गराउन र ग्रामिण क्षेत्रमा पार्टीको प्रभाव बढाउन अगुवा कार्यकर्ता चौधरीको ठूलो देन रहेको नेतृ भगवती चौधरीले बताइन् । चाैधरीकाे अन्त्येष्टिमा बर्जुका पुरै गाउँ उपस्थित थियाे । उनकाे पार्थिव शरिरमा नेकपाकी केन्द्रीय सदस्य भगवती चाैधरी तथा गाउँपालिकाका अगुवा कार्यकर्ताले पार्टीकाे झण्डा आेढाएका थिए । 

यता रौनियार लामो समयदेखि मृगौला रोगबाट पिडित थिए । रौनियारको गएराती ६९ वर्षको उमेरमा निधन भएको परिवारले बताएका छन् ।  समाजसेवा र राजनीतिमा सक्रिय रौनियार नेपाल रेडक्रस सोसाइटी दुहवीको सभापति समेत भइसकेका थिए । दुहवी गाउँ पञ्चायतका सभापति समेत रहेका रौनियारको निधनले दुहवीबासीलाई ठूलो क्षती पुगेको बताइएको छ ।   

नेकपाकी नेतृ भगवती चौधरीले समेत रौनियारको निधनमा शोक व्यक्त गर्दै दुहवीबासीले एउटा सक्षम, जुझारु अग्रज समाजसेवी गुमाएको बताइन् । ‘उहाँसँगको भेटमा मलाई सधैं छोरी जस्तैगरी राजनीतिमा सल्लाह सुझाब दिनुहुन्थ्यो । दुहवीको विकास र समाजसेवामा उहाँको योगदान छ ।’ चौधरीले भनिन् । 

निधन भएका चौधरी र रौनियारको आजै परम्परागत रुपमा दाह संस्कार गरिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *