युनाइटेड ईन्स्युरेन्सको अध्यक्षमा श्रेष्ठ
माघ ९, काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस अघि कम्पनीको संस्थापक शेयरधनी एन.ई ग्रुप प्रालिका अध्यक्ष समेत रहेका थिए ।
बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम आज अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिर्ई पदभार ग्रहण पनि गरेका छन् ।
अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेकका छन् ।
देशको अर्थतन्त्र प्रति गहिरो रूचि राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।
अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पुर्याउन आफु प्रतिवद्ध रहेको बताएका छन् ।
श्रेष्ठले सञ्चालक समिति र सेयरधनीहरू बीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट विमा कम्पनीका रूपमा स्थापित गर्ने विस्वास लिइएको छ ।