कुमारी जब प्रा.लि को छैटौँ वार्षिक उत्सव सम्पन्न

पुष २०, काठमाडौं । कुमारी जब प्रा.लिले यही पौष १६ गते आफ्नो छैटाँै वार्षिक उत्सव भव्य समारोहका विच सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा प्रा.लि ले धधध।पगmबचष्वयद।अयm नामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको समेत शुभारम्भ गरेको छ ।   

सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको छ । 

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यातिmको ठूलो उपस्थितिका विच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो । 

कार्यक्रममा कुमारी जब प्रा.लिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कुमारी जब प्रा.लिमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।   

कार्यक्रममा प्रा.लि ले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गर्नुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *