विप्लव समूहको ४ लाख लुटेको प्रहरीमाथि आरोप

माघ १, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरीले ४ लाख लुटेको आरोप लगाएको छ ।   

विप्लव समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ४ लाख लुटेको प्रतिबन्धित नेकपा पार्टीले आरोप लगाएको हो ।   

विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट पक्राउ परिन् । अघिल्लो साँझ भुजेल र कार्यालय सचिव सुमनसिंह पौडेल सुनसरी इञ्चार्ज प्रज्वलसहित दाइको घरमा बास बसेका थिए । 

Image result for विप्लव"

यसअघि शुक्रबार स्थानीय दुई जना कार्यकर्ता गिरफ्तार भए पनि त्यसको खबर पाएका थिएनन् । शनिबार बिहान ७ः३० बजे बास बसेको स्थानबाट निस्किनासथा सादा पोशाकका प्रहरी बबिन्द्र नेम्वाङको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइन्छ ।   

गिरफ्तार गर्नासाथ बराह इप्रकामा लगिँदा उनीहरुको साथमा चार लाख ३० हजार नगद र डायरी थियो । मुचुल्का ३० हजारको मात्र बनाइ ४ लाख दाखिला नगरिएको विप्लव समूहले प्रहरीमाथि आरोप लगाएको हो ।   

मुचुल्काको एक ठाउँ खाली रहेको तर उनीहरुले थप षड्यन्त्रको अनुमान नगरेको बुझिएको थियो । पुस १३ गते त्यही खाली ठाउँमा १ वटा कट्टा पेस्तोल थपेर अदालतमा पेस गरिएको विप्लव समूहको दाबी छ । 

विप्लव समूहमाथि प्रतिबन्ध लगाए पश्चात् प्रहरीले सो समूहका नेता कार्यकर्तालाई धमाधम नियन्त्रणमा लिइरहेको छ । प्रहरीले यो वर्ष बैशाखदेखि फागुनसम्मको अवधिमा मात्रै मुलुकभरबाट ३८२ जना विप्लव कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।   

समूहका नेतृत्वकर्ता विप्लव चाहीँ कहाँ छन् त ? अहिले प्रशासनमा चासोको विषय बनेको छ । विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई २३ साउनमा पक्राउ गरेयता बनेको मुलुकका विभिन्न जासुसी संयन्त्रको संयुक्त अध्ययन टोलीले विप्लव र समूहका दोस्रो तहका नेता प्रकाण्ड हाल नेपालमै रहेको रिपोर्ट बुझाएको थियो ।  

यद्यपी उनी कहाँ छन्, यसबारे कुनै सुराक मिलेको छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *