आधा किलो लागुऔषधसहित नागढुङ्गाबाट साह पक्राउ

पुष २१, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । 

काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा न.२ नागढुंगा स्थित चेक प्वाइन्टमा चेक जाँचको क्रममा लागुऔषध चरेससहित पर्सा छिपरमाई गाउँपालिका वडा नम्बर ६ घर भएका शम्भु साहलाई  पक्राउ गरेको हो । 

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार धादिङबाट काठमाण्डौँ आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९५७३ नम्बरको यात्रुबाहक बस चेकजांच गर्ने क्रममा साहले आधा केजी चरेश लुकाई ल्याएका थिए ।   

null

उनलाई पक्राउ गरि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको  थानकोट प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *