माैसमः पहाडी भू-भागमा आंशिक वदली, हिमपातको सम्भावना

पुस २०, काठमाडौं । देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी  भू-भागहरुमा आंशिक वदली रहेको छ । 

मौसम बदली संगै उच्च हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको र चिसोको प्रभावबाट बच्न मौसम शाखाले अनुरोध छ ।   

आगामी २ दिनको मौसम पूर्वानुमान   

पौष २०  गते (आइतबार) 

दिउँसोः देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । 

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

पौष २१  गते (सोमबार) 

दिउँसोः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहने साथै मध्य तथा पुर्वी भू-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।   

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भू-भागमा  आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *