राप्ती ४ द्धारा महिलाको आय आर्जनका लागि लगानी

माघ १७, चितवन । चितवनको राप्ती नगरपालिका–४ का महिलाहरुले सामुहिक रुपमा सिलाई कटाईको काम सुरु गरेका छन् ।   

राप्ती ४ वडा कार्यालयले वडा भित्रका १२ जना महिलाहरुलाई सामुहिक रुपमा व्यवसाय संचालनको वातावरण बनाएको हो । 

विभिन्न समुदायका सीप जानेका गरिब, विपन्न महिलाहरुको दुई समुह बनाएर व्यवसाय सुरु गराईएको राप्ती ४ का वडाध्यक्ष शमशेर लामाले बताए । व्यवसायमा संलग्नहरु कोही व्यक्तीगत रुपमा काम गरिरहेका, कोही शिप जानेर पनि खाली बसेकाहरु थिए ।   

व्यक्तिगत रुपमा उपलब्ध हुने अनुदान, सुविधाहरुबाट प्रतिफल नआउने भएकाले समुह बनाएर वडाले मेसिन सहयोग गरेको वडाध्यक्ष लामाले बताए । सामुहिक रुपमा काम गर्दा क्षमता बढ्ने, काममा जाँगर बढ्नुका साथै आम्दानीमा समेत राम्रो प्रतिफल आउने उनको विश्वास छ ।   

दुई समुहका लागि वडा कार्यालयले मेसिन खरिदका लागि चालु आर्थिक वर्षमा २ लाख रुपैयाँ विनियोजन गरेको थियो । वडा कार्यालयलेनै ठाउँ समेत खोजेर स्थापना गरेको सामुहिक पसलको वडाध्यक्ष शमशेर लामाले उद्घाटन गरे ।   

महिलाहरुले लक्ष्मीनारायण चोकमा दिदि बहिनी लेडिज टेलर्स तथा डडुवामा मिलिजुली लेडिज टेलर्स नाम राखेर व्यवासय सुरु गरेका छन् । जनप्रतिनिधी र सामाजिक व्यक्तीत्वहरुको रोहवरमा सुरु गरेको सो व्यवसायको वडा कार्यालयले निगरानी राख्ने वडाध्यक्ष लामाले बताए ।   

राप्ती नगरपालिका वडा नम्वर ४ ले यसअघि वडा भित्रका विपन्न समुदाय मध्येबाट एक सय घरधुरीलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । त्यस्तै सुत्केरी पोषण खर्च वापत चालु आर्थिक वर्षमा सुत्केरी भएका तथा गर्भवती भएका महिलाहरुलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले खर्च उपलव्ध गराईरहेको, विपन्नलाई सिरक डसना वितरण गरिसकेको छ ।   

चालु आर्थिक वर्षमै विपन्न समुदायका लागि धारा जडानका लागि १ लाख, विद्यार्थी खाजा कार्यक्रमका लागि ४ लाख, युवा खेलकुद विकासका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *