सनराइज बैंकको ४७ औं शाखा मोरङ्गको मृगौलियामा
माघ १३, काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्नो ४७ औं शाखा माघ ११ गते मोरङ्गको मृगौलियामा संचालनमा ल्याएको छ ।
यस बैंकले बैंकिङ्ग सेवा नपुगेका बिभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यले मोरङ्गको मृगौलियामा बैंकिङ्ग सेवाको सुरूवात गरेको हो ।
यस बैंकले एक कार्यक्रमको आयोजना गरी सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरी लाल चाैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य राम लाल गछधारकाे हातबाट संयुक्त रुपमा उद्घाटन गराएका हुन् ।
उक्त बैंकिङ्ग सेवाका प्रतिनिधि देव नारायण चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा संचालन गरिएकाे छ । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ ।
यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।
हालसम्म सन््राइज बैंकले १३० वटा शाखा,४७ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।