विशाल ग्रुप फाउन्डेसनको सहयोगमा न्यानो कपडा वितरण

पुस १९, बारा । विशाल ग्रुप फाउन्डेसन र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा न्यानो कपडा वितरण गरिएको छ ।   

बारा जिल्लाको महागढीमाई नगरपालिकाको तेलकुवामा न्यानो कपडा वितरण गरिएको हो । तेलकुवाको वडा नं. २ र ७ को मुसहर बस्तीमा प्रत्येक घरलाई एक–एक थान ज्याकेट, कम्बल, ट्र्याकसुट, टोपी र पुरी–तरकारी वितरण गरिएको छ ।   

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिृकत वीरकृष्ण महर्जनबाट राहत सामग्री वितरण गरिएको थियाे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *