श्री पञ्चमीमाकाे अवसरमा सानिमा बैंकका ग्राहकलाई बिभिन्न छुट

माघ १५, काठमाडौँ ।  सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।   

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल सौगातको योजना ल्याएको छ । यस याेजनामा अर्न्तगत दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरिएकाे छ । साथै ग्राहकहरुले दुबै सुविधा एकैसाथ उपभोग गर्दा रु १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउने छ ।  

याे योजना माघ १६ र माघ १७, २०७६ का लागि लागू गरिएको छ । यो योजना विद्यार्थीवर्गलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेश गर्नुपर्नेछ । यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशन अनुसार गर्न सकिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *