‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ माघ १७ देखि

माघ १५, काठमाडौं । नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशन एक्स्पोको प्रदर्शनी मेला यही माघ १७ गतेदेखि सुरु हुँदैछ । आफ्नो छैठौँ  वार्षिक उत्सबका अवसरमा एक्सपोले तीन दिने मेलाको आयोजना गर्न लागेको हो ।   

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फर्नेक्स ट्रेड फेयर एण्ड इभेन्टको संयुक्त आयोजनामा हुन लागेको मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।   

प्रदर्शनीमा विभिन्न देश का २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरु का १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउँने र नयाँ नयाँ प्रविधिका बारेमा उदेश्य जानकारी गराउँन पाँच वर्षदेखि मेलाको आयोजना गरेको आयोजकहरुले बताएका छन् ।   

प्रदर्शनीमा अन्तराष्ट्रिय प्रदर्शनीमा उडवर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मेशिनरिज, पावर टुल्स, प्लाईउड, डोर्स एण्ड विन्डोज, फिटिङ्ग, उड एसेसरिज, रमेटेरियल, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रोडक्टहरुको पनि उल्लेखनीय सहभागिता रहने जानकारी दिइएको छ ।     

प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यसले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।   

प्रदर्शनीका सहयोगी संस्थाहरु Society of Nepalese Architects (SONA), Society of Consulting Architectural & Engineering Firms (SCAEF)तथाInterior Designers Association Of Nepal (IDEA NEPAL) रहने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *