कामना सेवाको डबल डिपोजिट मुद्दतीखाता सञ्चालनमा
मकालु खबर
२०७६ माघ १५ गते
माघ १५, काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै मंगलबार देखि डबल डिपोजिट मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।
डबल डिपोजिट मुद्दतीखाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन ।
यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम रु १ लाख हुनुपर्नेछ । यसैगरी बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
यस बैंकले देशका विभिन्न भागहरुमा ११७ वटा शाखा तथा ६२ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
मकालु खबर
२०७६ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित