एन आई सी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय नतिजाः २ अर्ब ९० करोड सञ्चालन मुनाफा

माघ ७, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय नतिजा उत्साहजनक रहेको जनाएको छ । आज बैंकले विज्ञप्ति जारी गर्दै उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको बताएको हो । 

बैंकले चालु आ.व.को दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७७ करोड) ले वृद्धि गरी रु. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।   

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ५० करोड) को वृद्धि सहित रु. २ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रु. १ अर्ब ५१ करोड रहेको थियो । यस आ.व.को दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रु. १५ अर्बले वृद्धि गरी रु. १६५ अर्ब र निक्षेप संकलनतर्फ रु. ६ अर्बले वृद्धि गरी रु. १८६ अर्ब पु¥याउन सफल भएको छ ।   

बैंकले कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रुपले पालना गरेको बताएको छ । विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।   

निक्षेपतर्फ पनि बैंक विविधिकरणको रणनीति अनुरुप अघि बढिरहेको छ । बैंकको हाल कल निक्षेपको ९.४ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो । बैंकले चालु आ. व.को ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ ।   

यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ । निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । यस बैंकका चल्ती तथा वचत निक्षेप हाल बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ । 

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी रु. ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पुर्याउन सफल भएको छ । प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *