एन आई सी बैंकले ल्यायो १०% क्यासव्याक अफर
पुस १८, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकलाई १०% क्यासव्याक अफर ल्याएको छ । नयाँ बर्ष २०२० को अवसरमा यस बैंकले ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म Visa कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम १५०० सम्म क्यासव्याक प्रदान गर्ने अफर ल्याएकाे हाे ।
उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम रु. ५०० तथा सो भन्दा बढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ । यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
यस बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।