पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

माघ ८, काठमाडौं । पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । 

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मंगलबार राति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडकको दुवैतर्फका सवारी रोकिएका थिए । 

राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार, दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरी सडकको पहिरो हटाइएको हो । 

यो सडक खण्ड वर्षाका अतिरिक्त हिउँदमा पनि पहिरोको चपेटामा पर्दै आइरहेको छ । आयोजनाका अनुसार सडक विस्तारको काम सकेर अहिले पहिरो रोक्ने काम भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *